Wednesday, April 13, 2011

अवसर गुमाउँदै होचा बालबालिका नेपालका / आधा बालबालिका होचा हुँदै

स्वास्थ्य सेवा विभागले हालै र्सार्वजनिक गरेको प्रतिवेदनअनुसार हाल नेपालका ४९ प्रतिशत बालबालिकाको उमेरअनुसार उचाइ वृद्धि नभई पुड्का भइरहेका छन् । पुड्कोपनको ४५ प्रतिशत कारण कुपोषण नै हो । कुपोषणले भएको पुड्कोपनको पछि सुधार पनि गर्न सकिंदैन । यस्तै गरी ३९ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल बढेको छैन भने ४८ प्रतिशत बालबालिकाको शरीरमा रगतको कमी भएको पाइएको छ, जुन गम्भीर स्वास्थ्यसमस्या हो ।
र्सवाधिक होचा बालबालिकाको सूचीमा नेपाल


बालबालिकाको कुपोषणसम्बन्धमा युनिसेफले हालै जारी गरेको प्रतिवेदनअनुसार उमेरअनुरुप उचाइ नभएका विश्वका ८० प्रतिशत बालबालिका अविकसित २४ वटा राष्ट्रमा छन् । त्यसमध्ये भारत र्सवाधिक होचा केटाकेटीहरु भएको मुलुक हो । यस सूचीमा नेपाल १९ औं नम्बरमा परेको छ । जनसंख्याको आधारमा होचा केटाकेटीको उच्चअनुपात भएका -४५ प्रतिशतभन्दा बढी) विश्वका १८ राष्ट्रमा नेपाल १० औं नम्बरमा परेको छ । स्वास्थ्यका दृष्टिले उमेरअनुसार कम तौल हुनुभन्दा होचो हुनु ज्यादै खतरनाक हुन्छ । गर्भवती महिला र दुइ वर्षम्मका शिशुलाई पोषणको कमी हुनु ज्यादै हानिकारक हुन्छ । यस अवस्थामा कुपोषण हुँदा आमा र शिशु दुवैको जीवन खतरामा परिरहेको हुन्छ । आमा र शिशु दुवैलाई विभिन्न रोगको संक्रमण हुने र शिशुहरुको वृद्धि-विकासमा पनि गम्भीर असर परिरहेको हुन्छ । कुपोषणग्रस्त महिला र केटाकेटीको संख्या बढ्दै जानु भनेको राष्ट्रको क्षमता कमजोर हुनु हो । यसले देशको सामाजिक, आर्थिक विकास र गरिबी निवारणमा पनि असर पर्छ ।

 सम्पूर्ण बालमृत्युको ३.३ प्रतिशत कारण कम तौल मानिएको छ । कुपोषण भएका बालबालिकामा आमरुपमा झाडापखाला, दादुरा, निमोनिया, मलेरिया र एचआईभी हुने सम्भावना बढी हुन्छ । हालैको एक अनुमानअनुसार झन्डै एक तिहाइ महिला तथा बालबालिकाको मृत्यु कुपोषणका कारण हुने गरेको छ ।


शिशुको वृद्धिसँगसँगै निम्न क्रियाकलापको विकास हुनर्ुपर्छ ः

द्ुइ महिनादेखि बच्चा मुस्कुराउन थाल्छ ।

४ महिनादेखि बच्चाले टाउको ठड्याउन थाल्छ ।

६ महिनादेखि बच्चाले बस्ने कोशिश गर्छ ।

८ महिनादेखि बच्चा आफैं बस्न थाल्छ ।

९ महिनादेखि बच्चा घस्रन थाल्छ ।

१ वर्षभएपछि बच्चा उभिन सक्छ र तोतेबोली बोल्न थाल्छ ।

१८ महिनादेखि बच्चा हिँड्न थाल्छ ।

तर उमेरअनुसार बच्चाले यी कार्य गर्न नसके बच्चाको वृद्धि-विकास रोकिएको मानिन्छ र स्वास्थ्यसंस्थामा तत्काल जँचाउन लैजानर्ुपर्छ ।

उमेरअनुसारको तौल वृद्धि

उमेर तौल वृद्धि

०-५ महिना २० ग्राम प्रतिदिन

६-१२ महिना ५ ग्राम प्रतिदिन

२ वर्षम्म २.५ के.जी. प्रतिवर्ष३-५ वर्ष२ के.जी. प्रतिवर्ष

उमेरअनुसारको उचाइ वृद्धि

उमेर उचाइ

जन्मदा ५० से.मि.

१ वर्षम्म थप २५ से.मि.

२ वर्षम्म थप १२.५ से.मि.

३-५ वर्षम्म थप ६-८ से.मि. प्रतिवर्ष

No comments:

Post a Comment